Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेका स्थानीय नेता–कार्यकर्ताको समूहले एक दलित परिवारलाई घरभित्रै पसेर निर्घात कुटपिट

एमालेका स्थानीय नेता–कार्यकर्ताको समूहले एक दलित परिवारलाई घरभित्रै पसेर निर्घात कुटपिट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • १४:२८:१० बजे
  • 1.0K
    SHARES
  • एमालेका स्थानीय नेता–कार्यकर्ताको समूहले एक दलित परिवारलाई घरभित्रै पसेर निर्घात कुटपिट

    नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।

    images

    धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।

    धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादव लगायतले घरभित्रै पसेर कुटपिट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथि आक्रमण गर्ने गरेको महराको भनाइ छ ।

    सामाजिक झै–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

    प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरु भागिसकेको जानकारी दिँदै उनले उक्त घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology