Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सशस्त्र प्रहरी बल हेडक्वार्टरमा कार्यरत एकजना जवान मृत अवस्थामा फेला

सशस्त्र प्रहरी बल हेडक्वार्टरमा कार्यरत एकजना जवान मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • १४:३०:४१ बजे
  • 436
    SHARES
  • सशस्त्र प्रहरी बल हेडक्वार्टरमा कार्यरत एकजना जवान मृत अवस्थामा फेला

    धनगढी । धनगढी उपमहानगरपालिका– १, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका– १, घर भएका हरिशकुमार शाही हेडक्वार्टरभित्रै बुधबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    images

    कार्यालय परिसरभित्र उत्तरपट्टि कम्पाउन्डनजिक पानी जमेको स्थानमा घोप्टो परेको अवस्थामा बिहान पौने ६ बजेतिर शाहीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

    मृत्युको कारण खुल्न नसकेको र शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। उनी त्यही कार्यरत थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology