पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकामा ५०० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये २३१ महिला र २६९ जना पुरुष रहेका छन् ।
प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा रहेका छन ।
जसमा कास्की १४८, बागलुङ १६, स्याङ्जा ६७, म्याग्दी १, पर्वत ७१,गोरखा ४३, लमजुङ १६,तनहुँमा ५३ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार ६५१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ की ९८ बर्षिय महिला, कास्कीको माछापुच्छ्रे«्रे–६ का ९५ बर्षिय पुरुष, स्याङजा वालिङ–९ की ७४ बर्षिय महिला र नवलपरासी पूर्व कावासोती–३ की ८५ बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०९ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।