Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३,९३८ जनामा कोरोना संक्रमण, एकैदिन ३७ जनाको मृत्यु

थप ३,९३८ जनामा कोरोना संक्रमण, एकैदिन ३७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १७:५८:४६ बजे
  • 760
    SHARES
  • थप ३,९३८ जनामा कोरोना संक्रमण, एकैदिन ३७ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

    तीमध्ये ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology