Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा ६१६ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

गण्डकी प्रदेशमा ६१६ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १८:०२:५१ बजे
  • 841
    SHARES
  • गण्डकी प्रदेशमा ६१६ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

    गण्डकी प्रदेशमा थप ६१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६२ जनाको नमुना परीक्षण गरिएकामा ६१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९६ महिला र ३२० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ ।

    images

    बुधबार प्रदेशमा ५०० जनामा संक्रमण देखिएको थियो भने मृतकको संख्या ४ रहेको थियो । तर, बिहिबार प्रदेशमा ११६ जना बढीमा संक्रमण देखिएको छ भने मृत्युको संख्या ४ बाट बृद्धि भएर ९ पुगेको छ । प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

    उनका अनुसार कास्की १९१, बागलुङ १००, स्याङ्जा ७२, म्याग्दी ३७, पर्वत १३,गोरखा ८३, लमजुङ १९ तनहुँमा २३ र नवलपुरमा ४६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७० हजार २६७ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology