Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु

इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७८ शुक्रवार • ०९:४५:३० बजे
  • 802
    SHARES
  • इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु

    इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।

    images

    विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए । उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएको छ ।

    निर्देशक भट्टराईले इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको गलत प्रचारप्रति युवाहरुलाई सचेत रहन आग्रह गरे । इजरायलको रोजगारी जीटुजीमार्फत अर्थात् नेपाल र इजरायल सरकारबीचको सम्झौताअनुसार हुने भएकाले यसमा कुनै पनि निजी संस्था आबद्ध नरहेकाले त्यस्तो प्रलोभनमा नपर्न विभागले सबैलाई सूचित गरेको हो ।

    विज्ञप्तिमा इजरायलमा केयरगिभर छनोट गरी पठाउन सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारेको र भ्रम फैलाएकोबारे विभागको ध्यानाकर्षण भएको जनाइएको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # इजरायल रोजगारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology