Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोपकै कारण बढ्दैछ काठमाडौंमा कोरोनाको जोखिम

खोपकै कारण बढ्दैछ काठमाडौंमा कोरोनाको जोखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १८:००:३६ बजे
  • 700
    SHARES
  • खोपकै कारण बढ्दैछ काठमाडौंमा कोरोनाको जोखिम

    सरकारले पछिल्लो सयम कोरोना भाइरसविरुद्धको खोप अभियानलाई तिब्र पारेको छ । भोलीदेखि नै एक डोज मात्र खोप लगाएर लामो समयदेखि खोप लगाउन नपाएका जेष्ठ नागरिकहरुले कोभिशिल्ड खोप लगाउन पाउने भएका छन् । आज बल्ल जापानबाट ५ लाख १३ हजार डोज खोप आएपछि उनीहरुले खोप लगाउन पाउने भएका हुन् ।

    images

    चिनियाँ भेरोसेल खोप, अमेरिकन जोनसोन एण्ड जोनसोन खोप भने अहिले लगाउने अभियान जारी छ । चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाउन हाल काठमाडौंसहित देशभर खोप अभियान सञ्चालन भइरहेको छ । काठमाडौं उपत्यकाको खोपकेन्द्रहरुमा सर्वसाधारणको लामो लाइन छ । सरकारले पटक–पटक सामाजिक दूरीको कुरा गरेपनि खोप लगाउन लाइन बस्नेहरुमा भने सामाजिक दूरीको कुनै मतलव देखिदैन ।

    शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुग्नेहरुको लाइन देख्दा राजधानीमा अझै खोप लगाउन बाँकी रहेकाहरुको संख्या अधिकांश रहेको अनुमान लगाउन सकिन्छ । शुक्रबारदेखि शुरु भएको खोप काठमाडौं महानगरपालिका ३२ वटै वडाको १र१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीयको माग छ ।

    खोप लगाउन लाइनमा बस्नेहरुको टाँसिएर बसेकाले कोरोनाको जोखिम अझै बढ्ने देखिन्छ । यद्यपी खोप केन्द्रमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ । लाइन बसेकाहरुमा सामाजिक दूरी कायम नहुँदा जोखिम बढ्नसक्ने भन्दै स्वाथ्यकर्मीहरुले पटक–पटक लाइनमा दूरी कामय गर्न आग्रह पनि गरिरहेका थिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology