Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सडक बनाउन ल्याइएको गिट्टीमा बम

सडक बनाउन ल्याइएको गिट्टीमा बम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १८:०३:५१ बजे
  • 856
    SHARES
  • सडक बनाउन ल्याइएको गिट्टीमा बम

    सडक निर्माणका क्रममा खन्याएको गिट्टीमा भेटिएको ग्रिनेट बम नेपाली सेनाले निष्कृय पारेको छ। इटहरीमा उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा बम फेला परेको थियो। शनिबार बिहान अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा बम फेला परेको हो।

    images

    बिहान करिब ८ बजे सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फेला पारेका थिए। स्थानीयले बमजस्तै शंकास्पद वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए।

    घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो। बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको थियो । अन्नपूर्ण मार्गमा ल्याइएको उक्त गिट्टी सेउती खोलादेखि ल्याएको बुझिएको छ।

  • सम्बन्धित विषय:

  • # बम डिस्पोज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology