Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १८:५६:२२ बजे
  • 775
    SHARES
  • गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

    गण्डकी प्रदेशमा थप ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा गरिएको पीसीआर र एण्टिजेन नमूना परीक्षणमा ५७३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८५ महिला र २८८ जना पुरुष रहेका छन् । प्रदेशका ७ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

    images

     कास्की १८३, बागलुङ ५४, स्याङ्जा १४, म्याग्दी २४, पर्वत २,गोरखा १०९, लमजुङ २७ तनहुँमा ९६ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१ हजार ५४१ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ की ८६ बर्षिय महिला, पोखरा–१६ की ३३ वर्षीय महिला, पोखरा–२४ का ७३ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार–११ का ६१ वर्षीय पुरुष र नवलपरासी पूर्व देउचुली–१५ का ६१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२८ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology