Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • ०९:४९:०६ बजे
  • 910
    SHARES
  • नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी

    प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन्।

    images

    उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए। पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका–१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन्। पक्राउ परेका तीनै जना नातेदार हुन्। कुमार र सुरेश दाजुभाइ हुन् भने अर्का कुमार सुरेशको साढुभाइ हुन्।

    सुरेशको श्रीमती मन्दिरा कटुवालको ब्लड क्यान्सरबाट २०७८ जेठ १३ गते निधन भएपछि बिमाबापतको रकम लिन बनेपा आएका सुरेशलाई प्रहरीले पक्राउ गरेको हो। उनीमार्फत उनकै दाजु कुमारलाई बनेपाबाट र साढुभाइ कुमारलाई पाँचखालबाट प्रहरीले पक्राउ गरेको थियो।

    पक्राउ परेका मिर्गाैला तस्करहरूले हरेक साता आफूहरूले नेपालीलाई नक्कली नागरिकता उपलब्ध गराउँदै भारतका विभिन्न अस्पतालमा मिर्गाैला बिक्रीका लागि लाने गरेको बताएका छन्। बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गाैला तस्करहरुले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी शुरु गरेको हो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ।

  • सम्बन्धित विषय:

  • # नक्कली नागरिकता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology