Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जापानबाट आज तीन लाख डोज खोप आइपुग्दै

जापानबाट आज तीन लाख डोज खोप आइपुग्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • ०९:५०:५९ बजे
  • 556
    SHARES
  • जापानबाट आज तीन लाख डोज खोप आइपुग्दै

    जापानबाट आज करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्दैछ । जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार काठमाडौं आइसकेको छ ।

    images

    आज थप दुई लाख ८७ हजार डोज खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताए। शनिबार र आइतबार गरी आठ लाख खोप आइपुग्ने बताउँदै उनले बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने जानकारी दिए। अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ।

    कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए। खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने गाौतमले बताए । प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र सुुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # खोप आइपुग्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology