Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटना,एकको मृत्यु

बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटना,एकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • ०९:२५:५१ बजे
  • 718
    SHARES
  • बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटना,एकको मृत्यु

    रौतहट। रौतहटको चन्द्रपुरमा बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    images

    आज सोमबार बिहान बागमती सिंचाइको नहरमा बोलेरो दुर्घटना भएको हो। बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न गएको ना ५ च ३१६६ नम्बरको गाडी दुर्घटनामा परेको हो।

    दुर्घटना हुँदा बाराको गढिमाईकी ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरुको चन्द्रपुरमा उपचार भइरहेको छ।

    नहरमा खसेका १३ जनालाई प्रहरीले उद्धार गरेको छ। गाडीमा करीब २० जना यात्रु रहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology