सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–७ मा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
सर्लाहीकै बसबरिया गाउँपालिका–२ का ४५ वर्षीय सहदेव साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बरहथवास्थित भेनस अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हजरियाबाट बरहथवातर्फ आउँदै गरेको नम्बर नखुलेको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको साह सवार साइकललाई आइतबार बेलुका करिब पौने ७ बजे ठक्कर दिएको थियो । स्कारपियोसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।