Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु

नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • ०९:२९:४१ बजे
  • 622
    SHARES
  • नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु

    पोखरा । नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ ।

    images

    काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ । तर यसपालि कोरोना भाइरसको जोखिम कायमै रहेकाले एक महिनासम्म हुने धार्मिक गतिविधि पनि प्रभावित भएको छ।

    यसैबीच ललितपुरमा आजदेखि बगी जाने भनेर मतयाःको रुट निरीक्षण गर्न जाने पर्व सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दाले आजदेखि मतया:को रुप निरीक्षण गर्न जाने गर्दछन् । तर यसपालि परम्परालाई मात्र निरन्तरता दिनको लागि १०, १२ जनामात्र भेला  भएर बाजाबिना ब्वगी सुरु गरेको आयोजक न्यकू जात्रा मतयाः व्यवस्था मूल समिति क्षेत्र नम्बर ८, इखालखु टोलले जनाएको छ।

    मतयाको रुट निरीक्षण नसकिञ्जेल हरेक बिहान बाजागाजासहित ब्वगी जाने चलन छ । यसपालिको मतया: यही भदौ ८ गते इखालखुबाट सञ्चालन हुनेछ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण परम्परालाई मात्र निरन्तरता दिने किसिमबाट सञ्चालन गरिनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology