Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

के सोध्छौ खबर परदेशी यहाँ यस्तै हाल ...........

के सोध्छौ खबर परदेशी यहाँ यस्तै हाल ...........

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • १३:४५:२६ बजे
  • 1.9K
    SHARES
  • के सोध्छौ खबर परदेशी यहाँ यस्तै हाल ...........


    खोइ के सोध्छौ खबर परदेशी यहाँ यस्तै हाल छ
    तिमिलाई उतै राखी रिमिट्यान्स भित्र्याउने चाल छ

    images

    गरिबको दिन फिर्ने कुरा दन्त्य कथा जस्तो नै भयो
    भ्रष्टाचारी र कमिसनखोरीलाई त मालामाल छ

    तिमिसँग सँगै गएको साथी बाकसमा फर्काइदा
    सुन्तली भाउजू अनि परिवारको यहाँ बेहाल छ

    सत्ता संघर्षमा लुछाचुडी मात्र गर्छन् ती ठालुहरू
    समृद्धि भन्दा पनि आफ्नै दुनो सोझ्याउने ताल छ

    रिमोट कन्ट्रोलबाट थिचिएको छ साथी हामीलाई 
    बुझ्दैनन् नेपाली माथि  बिदेशीको शकुनि खाल छ
                   
    मनमा पाप राखी बाहिर कुरा चपाएका छन् 
    औकात भन्दा अति नै धेरै गम खाएका छन् 

    भित्रभित्रै जतिसुकै ठुलो षड्यन्त्र गरे पनि
    के भनौ अनावश्यक मान सम्मान पाएका छन् 

    उत्तर दक्षिण देखिने कामहरू भए पनि
    लुटी लुटी एउटै भान्सामा मिलेर खाएका छन् 

    राती राती गोप्य मन्त्रणा चलेको छ लुकिलुकी
    दिनमा देखावटी देश प्रेमको माला लाएका छन् 

    तिमीहरू जतिसुकै बिश्वासघाती भए पनि 
    जनताहरू आफ्नो देशको प्रेम गीत गाएका छन् 
                 कृष्ण थापा,तानसेन पाल्पा

  • सम्बन्धित विषय:

  • # के सोध्छौ खबर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology