Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा थपिए ३,६५१ संक्रमित, २२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थपिए ३,६५१ संक्रमित, २२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • १९:२२:१० बजे
  • 670
    SHARES
  • पछिल्लो २४ घन्टामा थपिए ३,६५१ संक्रमित, २२ जनाको मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ६५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार ४५५ आरटी पिसिआर र ६ हजार १४९ एन्टिजेन गरी कुल १६ हजार ६९४ जनामा परीक्षण गरिएकोमा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    images

    संक्रमितहरूमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा, ३ हजार ३८१ संस्थागत आइसोलेसनमा र ४४१ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७४१ जना र भेन्टिलेटरमा १८६ जना उपचाररत छन् । मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा २२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology