Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुकुम पूर्व : श्रीमान्–श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता,छोराछोरीको बिचल्ली

रुकुम पूर्व : श्रीमान्–श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता,छोराछोरीको बिचल्ली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • १९:४२:४५ बजे
  • 802
    SHARES
  • रुकुम पूर्व : श्रीमान्–श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता,छोराछोरीको बिचल्ली

    रुकुम पूर्व । रुकुम पूर्वकाे उत्तरगङ्गा नदीमा हाम फालेर एक दम्पती बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका एक दम्पती नदीमा हाम फालेर बेपत्ता भएका हुन् । आइतवार बेलुका ती दम्पती नदीमा हाम फालेका हुन् । 

    images

    प्रहरीका अनुसार ३६ वर्षीय मनिचन कामी र उहाँकी श्रीमती ३० वर्षीया अमृता कामी त्रिवेणीको पुलबाट हाम फालेर उत्तरगङ्गा नदीमा बेपत्ता भएका हुन् । आइतवार ती दम्पतीबीच झगडा भएपछि श्रीमती नदीमा हाल फालेको र उनलाई बचाउन भनी नदीमै पसेका श्रीमान् पनि बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठले बेपत्ता दुवै जनाको खोजीलाई तीव्र पारिएको बताउनुभयो । 

    बेपत्ता भएका दम्पतीका एक छोरी र एक छोरा रहेका छन् । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology