गोरखा । गोरखामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।अजिरकोट गाउँपालिकाका
गत शनिबार मादक पदार्थ सेवन गरी पीडित नाबालिकाको घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिरकोट गाउँपालिकाका लेखनाथ खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
आइतबार पक्राउ परेका खनालविरुद्ध सोमबार जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।