म्याग्दी । म्याग्दीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
जिल्लाको बेनी नगरपालिका वडा नं -५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाललाई जबर्जस्ती करणीको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने स्थानीयको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।