सोमबार पछिल्लो २४ घण्टामा कास्कीमा १९६ जना सहित गण्डकीका ५७७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२०४ जनामा गरिएको नमुना परीक्षणमा थप ५७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
जसअन्तर्गत कास्कीका १९६ जना, तनहुँका १३ जना, गोरखाका ४९ जना, लमजुङका ६२ जना र नवलपुरका ९८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ८६ जना, पर्वतका पाँच जना, बागलुङका ६० जना, म्याग्दीका सात जना र मुस्ताङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२ हजार ६२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६५ हजार ५९१ पुगेको छ।
सोमबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना, कास्कीका एक जना, म्याग्दीका एक जना र तनहुँका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४१ पुगेको निर्देशनालयले जनाएको छ ।