Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट

बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७८ मंगलवार • ०८:४४:३६ बजे
  • 1.4K
    SHARES
  • बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट

    गलेश्वर। म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।

    images

    बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज बिहान आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन।    

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए।

    आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो। डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ। रासस

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology