Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकलको ठक्करबाट तनहुँ घर भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु

मोटरसाइकलको ठक्करबाट तनहुँ घर भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७८ मंगलवार • ०८:४८:४४ बजे
  • 11.6K
    SHARES
  • मोटरसाइकलको ठक्करबाट तनहुँ घर भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु

    पोखरा । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।

    images

    तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।

    बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology