Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पोखरा हेम्जाबाट एक पुरुष पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पोखरा हेम्जाबाट एक पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७८ मंगलवार • १०:१६:०२ बजे
  • 3.1K
    SHARES
  • ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पोखरा हेम्जाबाट एक पुरुष पक्राउ

    पोखरा । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    images

    पोखरा -२५ हेम्जाका ६३ वर्षीय रामचन्द्र थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पोखरा २५ हेम्जा मसिना बगर सहस्र घाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा आइतबार नदी क्षेत्रमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गर्ने र हातपात समेत गर्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

    थापालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको हमालले उल्लेख गर्नुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology