Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्

दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १०:३७:३२ बजे
  • 1.5K
    SHARES
  • दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्

    हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् । दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ ।

    images

    यसअघि कोरोना भाइरस संक्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो । गत हप्ता युएईस्थित नेपाली दूतावासले आइतबारदेखि नेपालका लागि उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो । सोही अनुसार सोमबार राति साढे ११ बजे हुने उडानका लागि एयरलाइन्सले टिकट बिक्री गरेको थियो । रातिको उडानका लागि ‘चेक इन’ भइरहेको स्टाटस विमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा देखिन्थ्यो ।

    अन्तिम समयमा युएइले नेपालबाट हुने उडानमा रोक लगाएकाले विमान नउड्ने जानकारीसहितको सूचना एयरलाइन्सले यात्रु प्रवेश गर्ने मुख्य ढोकामा टाँसेको थियो ।

  • सम्बन्धित विषय:

  • # यात्रु उड्न पाएनन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology