Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, ४,९०४ जना थपिदा २,११५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, ४,९०४ जना थपिदा २,११५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १८:०५:३७ बजे
  • 745
    SHARES
  • कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, ४,९०४ जना थपिदा २,११५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु

    दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमितको संख्या आज झन ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २,११५ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

    images

    मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । १३ हजार २१७ जनाको पीसीआर तथा ५ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार १९४ र १ हजार ७१० जनामा कोरोना संक्रमण देखिएको हो ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् ।

    जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology