Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १२:२६:३० बजे
  • 970
    SHARES
  • ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

    सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको मृत्यु हो । यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ ।

    images

    रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको जनाएको छ ।

    शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले चालक र ट्याक्टरधनीको खोजी भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology