Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए ३,४८१ संक्रमित, ३० जनाको मृत्यु

२४ घन्टामा थपिए ३,४८१ संक्रमित, ३० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १९:०७:५१ बजे
  • 745
    SHARES
  • २४ घन्टामा थपिए ३,४८१ संक्रमित, ३० जनाको मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार ९०७ आरटी पिसिआर र ५ हजार ७४९ एन्टिजेन गरी कुल १६ हजार ६५६ जनामा परीक्षण गरिएकोमा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    images

    संक्रमितहरूमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा, ३ हजार २२० संस्थागत आइसोलेसनमा र ३९९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७९६ जना र भेन्टिलेटरमा १८४ जना उपचाररत छन् । मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । निको हुने दर ९३.४ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology