Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ताराखोला गाउँपालिका १ वडावडासदस्य छन्त्यालको निधन

ताराखोला गाउँपालिका १ वडावडासदस्य छन्त्यालको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १९:१२:१३ बजे
  • 1.8K
    SHARES
  • ताराखोला गाउँपालिका १  वडावडासदस्य छन्त्यालको निधन

    ताराखोला गाउँपालिका–१ का वडा सदस्य खमबहादुर छन्त्यालको निधन भएको छ । ५० वर्षीय छन्त्यालको मुटु र कलेजोको समस्या थियो । पोखरास्थित मणिपाल अस्पतालमा उपचारपछि छन्त्याललाई केही दिनअघि मात्र घरमा ल्याइएको थियो । घरमै रहेका बेला गएराति एक्कासि उनको निधन भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

    images

    गाउँपालिकाले विकासप्रेमी र जनताको सच्चा सेवक जनप्रतिनिधिलाई गुमाउनु परेको अध्यक्ष घर्तीको भनाइ छ । छन्त्याल गत स्थानीय तहको चुनावमा खुला सदस्यतर्फ भारी मतले विजयी भएका थिए । दिवङ्गत छन्त्यालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

  • सम्बन्धित विषय:

  • # निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology