Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोप लगाएका व्यक्तिलाई पनि कोरोनाले छाडेन

खोप लगाएका व्यक्तिलाई पनि कोरोनाले छाडेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७८ बिहिवार • ०८:०९:१६ बजे
  • 883
    SHARES
  • खोप लगाएका व्यक्तिलाई पनि कोरोनाले छाडेन

    कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा जटिल समस्यासमेत देखिएको कोभिड १९ उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाएपछि संक्रमित भएर दैनिक २ देखि ३ जना यो अस्पतालमा आउने गरेका छन्।

    images

    दुवै डोज खोप लिएर पनि जटिल समस्या देखिएका दुईचारजना बिरामीले खबर गरेको सरुवा रोग अस्पतालकै डा. शेरबहादुर पुनले बताए। चिकित्सकका अनुसार खोप लगाएर एन्टिबडी बनिनसकेकाहरू पुनः संक्रमित भएर उपचारमा आएका छन्। पहिलो डोज खोप लगाउनेबित्तिकै संक्रमित भएर आउने धेरै रहेको अस्पतालले जनाएका छन्। चिकित्सकका अनुसार दुवै डोज लगाए पनि खोपले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ। तर यस्तो संख्या कम हुने गरेको चिकित्सकले औंल्याएका छन्।

    दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणले जटिल समस्या ल्याउन सक्छ। खोप लिएर शरीरमा कोभिड १९ विरुद्ध एन्टिबडी बनेको अवस्थामा पनि संक्रमित हुन्छन्। एन्टिबडी बनेपछि संक्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन।

    तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरूले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव छ। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology