Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर गुल्मीमा दुई जना महिलाको मृत्यु

चट्याङ लागेर गुल्मीमा दुई जना महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७८ बिहिवार • ११:०६:०४ बजे
  • 628
    SHARES
  • चट्याङ लागेर गुल्मीमा दुई जना महिलाको मृत्यु

    गुल्मी । चट्याङ लागेर गुल्मीमा दुई जना महिलाको ज्यान गएको छ । इस्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका–२ का २८ वर्षीय कमला प्रतेलको चट्याङ लागेर मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

    images

    बुधबार राति मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राहुलको गुल्मी अस्पतालमा उपचारका क्रममा निधन भएको पाण्डेले बताए । उनीसँगै ४२ वर्षीय उनका बाबु रामबहादुर गन्धर्व घाइते छन् ।

    अर्घाखाँची मालारानी गाउँपालिकाकी २५ वर्षीय रुपा नेपाली, उनका भतिज ११ वर्षीय किस्मत नेपाली गम्भीर घाइते छन् । रामबहादुरसहित उनीहरुलाई गुल्मी अस्पतालबाट राति नै लुम्बिनी मेडिकल कलेज पाल्पामा थप उपचारका लागि लगिएको छ । त्यस्तै राधा खत्री, गोमा खत्री, शर्मिला खत्रीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology