जुम्ला । आज बिहान जुम्ला सदरमुकाम खलंगा बजारमा एक भालुले आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।
चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजे भालुको आक्रमण बाट एक दम्पती परिवार घाइते भएका हुन् । खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराज रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया भालुको आक्रमण बाट घाइते भएको हो । घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
घाइते निर्मला रोकायको अनुहारमा चोटपटक लागेको छ भने हेमराजको टाउको र ढाडमा चोट लागेको कार्किले बताए ।