Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतमा आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा र काका पक्राउ

पर्वतमा आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा र काका पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७८ बिहिवार • ११:२४:५६ बजे
  • 2.9K
    SHARES
  • पर्वतमा आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा र काका पक्राउ

    पर्वत । छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुवा र काकालाई पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुवा र ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुवा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

    बलात्कार गरेका बुवा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

    घटनाको थप अनुसन्धान भइरहेको  र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology