Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युवकलाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष ५ हजार धरौटीमा रिहा

युवकलाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष ५ हजार धरौटीमा रिहा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७८ बिहिवार • ११:२५:१३ बजे
  • 559
    SHARES
  • युवकलाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष ५ हजार धरौटीमा रिहा

    दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई ५ हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

    images

    पीडितको बयानका आधारमा ५ हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । भिडियोको आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो । तर, पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको उनले बताए । साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

    वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दाम्लोले बाँधेर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology