पोखरा । कास्की प्रहरीले ठुलो रकम सहित १३ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।
पोखरा १० उत्तम चोक स्थित बत्तिसचर्च पछाडी ईश्वरी पौडेलको घर फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङले सोही फ्ल्याटको कोठामा अवैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सुचनाको आधारमा बुधवार दिउसोँ ४:३० बजेको समयमा सरु गुरुङ सहित १३ जना व्यक्तीहरुलाई नगद रु ३,५१,५४०।- (नगद रु तीन लाख एकाउन्न हजार पाँच सय चालिस मात्र), तास सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ गरिएकालाई जुवा कसुर ऐन अन्तरगत कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको बताए ।