Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना पुष्टि , ३२ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना पुष्टि , ३२ जनाले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७८ बिहिवार • १७:३१:१८ बजे
  • 466
    SHARES
  • पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना पुष्टि , ३२ जनाले ज्यान गुमाए

    पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । 

    images

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । 

    हाल कोरोना निको हुने दर ९३।३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology