पोखरा । बिहीबार दिउसो पोखरा वाटुलेचौरमा मोटरसाइकलकाे ठक्करले एकमहिला र बालिका घाइते भएको छ्ह ।
आज दिउसो सवा १ बजेको समयमा कास्कीको पोखरा महानगरपालिका १६ मातृशिशु अस्पताल बाटुलेचौर अगाडि बगरबाट महेन्द्र गुफातर्फ जादै गरेको ग २० प २२६८ नंको मोटरसाइकलले बाटुलेचौर बस्ने ५६ वर्षीया दिलमाया छन्त्याल र ६ वर्षीया जोनिसा छन्त्याललाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा जनाएकाे छ ।
प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकलको ठक्करबाट घाइते दुबैजनालाई उपचारको लागि अस्पतालमा पठाइएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरीष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।