Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु

ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७८ शुक्रवार • ११:०६:५६ बजे
  • 1.1K
    SHARES
  • ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु

    कैलालीको गोदावरीमा ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका चालक ३५ वर्षीय रामसिंह महरा हरेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका महराको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

    images

    उनका घर भने बैतडीको सिगास गाउँपालिका–९ बचपानीमा रहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै दुर्घटनामा परी ट्रकका सहचालक घाइते भएका छन्। बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका हुन्।

    धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # ट्रक दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology