Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सम्पर्कबिहीन बनेका पर्वत कुश्माका एक होटल व्यावसायी बागलुङ डबल्याङमा मृत अवस्थामा फेला

सम्पर्कबिहीन बनेका पर्वत कुश्माका एक होटल व्यावसायी बागलुङ डबल्याङमा मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७८ शुक्रवार • १६:३६:३० बजे
  • 529
    SHARES
  • सम्पर्कबिहीन बनेका पर्वत कुश्माका एक होटल व्यावसायी बागलुङ डबल्याङमा मृत अवस्थामा फेला

    पर्वत । बिहिवार देखि सम्पर्कबिहीन बनेका पर्वत कुश्माका एक होटल व्यावसायी मृत अवस्थामा फेला परेका छन् । मुस्ताङ होटलका संचालक गजेन्द्र तुलाचन शुक्रबार दिउँसो बागलुङ नगरपालिका १० डबल्याङमा मृत फेला परेका हुन् ।

    images

    झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बिहीबार बिहान ६ बजे मर्णिङवाकका लागि निस्किएका तुलाचन दिउँसो अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए।

    जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

    उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । मृतक तुलाचनको शव पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । 

    उनको मृत्युको कारण भने खुल्न सकेको छैन । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology