File pic
पाल्पा । पाल्पामा जंगली स्याललाई हानेको गोलीले लागेर आफ्नै छोराको ज्यान गएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ
५६ वर्षका कर्णबहादुर लम्तारीले मकैबारीमा लुकेर स्याललाई बन्दुकले हान्दा छोरा धनबहादुरलाई लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुरसहित बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।