Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोल्पामा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३०, २०७८ शनिवार • १०:१८:२२ बजे
  • 937
    SHARES
  • रोल्पामा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

    रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।     
        
    माडी गाउँपालिकाका–२ मा आज बिहान ३:५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो। दुर्घटनामा एक जना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो। रासस 

    images

  • सम्बन्धित विषय:

  • # एम्बुलेन्स दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology