Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भिरबाट लडेर एक वृद्धको मृत्यु

भिरबाट लडेर एक वृद्धको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७८ शनिवार • १४:०६:३४ बजे
  • 1.3K
    SHARES
  • भिरबाट लडेर एक वृद्धको मृत्यु

    बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।

    images

    आज बिहान गाउँ नजिकै रहेको घटामाडौं मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले जानकारी दिए ।

    उनले दिएको जानकारीअनुसार बिहान ७ बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology