पोखरा । आइतवार बिहान पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार पोखरा महानगरपालिका-१८, मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालक खत्रीलाई उपचारका लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ :४० बजे मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए ।
कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए ।
दुर्घटनामा घाइते भएका सपना घोताने र किरण अर्यालको उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरी निरिक्षक केसीले बताए।
कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।