Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाल्पामा टाटा विङ्गर दुर्घटना , ११ जना घाइते

पाल्पामा टाटा विङ्गर दुर्घटना , ११ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • १५:२१:५० बजे
  • 679
    SHARES
  • पाल्पामा टाटा विङ्गर दुर्घटना , ११ जना घाइते

    तानसेन । पाल्पामा टाटा विङ्गर दुर्घटना भएको छ । तानसेन नगरपालिका ७ प्रभास बासटारी सालघारीमा भित्री सडकखण्डमा काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर सोमबार बिहान दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा परी चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये नरबहादुर कुमालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकदेखि १५ मिटर तल खसेको जनाइएको छ ।

    घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology