Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोटमा सुत्केरीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७७ मंगलवार • ०८:४४:०७ बजे
  • 1.3K
    SHARES
  • जाजरकोटमा सुत्केरीको मृत्यु
     कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
    पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।
    त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकी छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology