Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा २३१ जना सहित गण्डकीमा ६५६ जनामा कोरोना पुष्टि,१० जनाको मृत्यु

कास्कीमा २३१ जना सहित गण्डकीमा ६५६ जनामा कोरोना पुष्टि,१० जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • १८:३८:१८ बजे
  • 655
    SHARES
  • कास्कीमा २३१ जना सहित गण्डकीमा ६५६ जनामा कोरोना पुष्टि,१० जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घन्टामा कास्कीमा २३१ जना सहित गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । 

    images

    प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार कास्की २३१ बागलुङ ९०, स्याङ्जा ५१, म्याग्दी १४, पर्वत ७, गोरखा १६१, लमजुङ १४ तनहुँमा ६ र नवलपुरमा ४२ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ हजार ३४२ पुगेको छ ।

    गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१३ का ७७ वर्षीय पुरुष, पोखरा–१६ का ६३ वर्षीय पुरुष, पोखरा–२६ का ७० वर्षीय पुरुष, पोखरा–२४ की ४१ वर्षीय महिला र पोखरा–३३ की ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनीहरु ६ जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।

    त्यसैगरी स्याङजाको गल्याङ नगरपालिका–५ का ६३ वर्षीय पुरुष, पुललीबजार–२ का ७० वर्षीय पुरुष, तनहुँ–१ का ८१ वर्षीय पुरुष र नवलपरासी पूर्व, कावासोती–१६ की ७८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ जना पुगेको छ ।

    गण्डकी प्रदेशमा हालसम्म ६८ हजार ९७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६१६ रहेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १६८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology