Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७८ मंगलवार • १२:५८:५६ बजे
  • 763
    SHARES
  • अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगे

    अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपली स्वदेश आइपुगेका छन् । अमेरिकी चर्टर्ड विमानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना आज बिहान आइपुगेका हुन् ।

    images

    उनीहरुलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । स्वदेश ल्याइएकाहरुलाई प्रकिया पुर्‍याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर संक्रमण भएमा उपचारपछि घर पठाइने र संक्रमण नभए सिधैँ घर पठाइने छ । अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology