कमल भण्डारी
नेपाली समाजमा भएको रितिरिवाज संस्कृति धर्म कर्म दैनिक हास भएको हिजो आज घट्ने प्रत्येक दिनका घटनाले घाम जस्तै प्रष्टै देखिने गरी सतह ल्याएको छ । किन अहिले यस्ता कहाली लाग्दा परिघटनाहरू परस्कृत भएका छन । कि खोलि बगर दुइ दिनको जीन्दगी हो जे मन लाग्छ त्यहि गर धर्म र कर्मको चिन्तै नगर भन्ने भएको अहिले हाम्रो समाज ?
जमीन मुनि लुकाउन नमिल्ने आकाशमा उडाउन नमिल्ने तर कोठा भाडामा बसी सबै कुरा मिलाउन मिल्ने एक जना शिक्षक र गृहिणी महिला बिचको आन्तरिक सम्बन्ध मिडियामा जब बाहिर आयो तब मात्रै थाहा भयो। यो दुइ बिचको सम्बन्ध हजुर आमा र नातिको थियो तर अन्त्यमा प्रेमि र प्रेमिकाले मात्रै अपुग भएर चोरेरै करोडपति भन्ने सपनाले न रहयो बास न बज्यो बासुरी बनायो जीवन ।
हाम्रो शिक्षा प्रणालीको दोष हो कि शिक्षकको रोष्ट हो ? यस्को छानविन समय क्रममा हुदै जाला तर आज जे देखिएको छ यस्को एक पटक मनन गर्दा कसैको विवेक भन्दा बाहिरको दृस्य देखिन्छ । किन भने शिक्षक पेशा भनेको कस्तो भनेर व्यख्या गर्नुपर्ने देखिदैन त्यसकारण जसले भावि पुस्ताको भविष्य निर्धारण गर्ने जिम्मा लिएको हुन्छ आज त्यहि व्यक्तिबाट समाज कंलकित हुने घटना बाहिर देखिनु शुभ संकेत होइन समाजको लागी यस्ता शिक्षकको दोष कि हाम्रो शिक्षा प्रणालीको गहिरो मनन गनुपर्ने देखिन्छ ।
अर्को विषय गृहणीको घरमा दुइ वटा छोरी एउटा छोरा उमेरले चार दशक पूरा गरेको श्रीमान सग छोडपत्र भएको पनि छैन तर निजको आँखा नजर बन्द गरी छोराको उमेर सरह व्यक्तिसग लिभिङग टुगेदरमा बस्ने छोराछोरी पतिलाइ जिउदै खाडलमा हाली परपुरूष सग जवानी प्यास मेटाउन जे गर्न,पनि पछि नहटने दृस्य देख्दा समाज कता रूपान्तरण हुदैछ । समय र परिवेशको अपेक्षा के हो? एकपटक हामी सबैलाइ समिक्षाको बिषय बनाएर छोडेको देखिन्छ याैन प्यास मेटाउन महिला वा पुरूष जो भए पनि कति सम्म निज घृणित कार्य गर्न अग्रसर हुन्छन भन्ने यि दुइ जनाको घटनाले गर्दा श्रीमान र श्रीमति बिच पनि अब शंकाको घेराभित्रबाट हेरनुपर्ने देखिन्छ ।
यो उदेक लाग्दो र घृणित कार्य त अहिले मिडियामा प्रस्तुत भएको कारणले नै हामी र हाम्रो समाज कता यात्रा तय हुदै छ भन्ने दृस्य प्रस्फुटित भयो । यि र यस्तै कुकार्य दैनिक भएको छन । गत असार महिनामा चितवनको राप्ती नगरपालिका–३ याैन प्यास मेटाउने खोज्ने सुजिता भण्डारी र सुकदेव भण्डारी घर भित्रको दाजुभाइ बिचको सम्बन्धले पनि तनाव ग्रस्त अबस्था सिर्जित गरेको थियो । अहिले सुकदेव भण्डारीविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको छ । केटाकेटि दुवै शिक्षित र अवल भएको देखिन्छ तर सम्बन्ध भने यस्तो निच देखिन्छ त्यसकारण अब त दाजुभाइ दिदि बहिनि बिच पनि शंकाको घेरामा राख्नु पर्ने सन्देश प्रकट भएको छ ।
शिक्षक र गृहणी बिचको सम्बन्धमा जोडिनु बहुआयामिक कारण होलान तर यो प्रसगले हाम्रो मनासपटलमा गहिरो घात के देखिन्छ भने शिक्षण पेशा भएपनि र घरमा एक दर्जन छोराछोरी भए पनि धन र याैनको प्यास मेटाउन मान सम्मान इज्जत सबैलाइ तिलाञ्जली दिन पछि नहटने रहेछन । जवानीलाइ सन्तुलन मिलाउन र सगै सम्बन्ध बसे पनि त्यो त्यति ठुलो बिषय भएन तर जब सगै बसि सकेपछि कर्मविना करोडपति बन्ने जुन सपनाले किनारा पसल चोरी गर्ने यात्रा तय भयो त्यहि बाट आगो सल्कीयो कि खरानी भयो भन्ने बिषय प्रकट भयो ।
चार दर्शक पार गरीसकेको महिला त्यहि माथि तिन छोराछोरीको आमा पनि यस्तो समाजलाइ नै कंलक बनाउने कार्यमा तल्लिन हुन्छ भने हाम्रो समाजले के अपेक्षा गरेको छ गहिरो मनन गनुपर्ने देखिन्छ । झापा देखि कैलाली चोरेर भए पनि लगाउला आउने तिजमा सुनको तिलरी भन्दै ३८ देखि ५२ एक जनाले हुदै हुन्न भन्ने महिला पनि हाम्रो समाजमा जीवित छन त्यसकारण यस्तालाई समाजबाट बहिष्कार गरौ ।
पंकज भट्टराइ र प्रिन्ज भट्टराइको घटनाले के देखाउछ भने व्यबिचारी र शिक्षण पेशामा आवद भएका व्यक्ति पनि असाध्यै निच र निजि स्वार्थको लागी जे पनि गर्न पछि नहटने रहेछन भन्ने दरिलो संकेत गरेका छन । त्यसकारण स्वच्छ र सभ्य समाज निर्माणमा हामी सबै नागरिक सरिक बनाै समाजमा हुने यस्ता घटना प्रति हामी आजैबाट सजग बनाै । कर्म र धर्म गरौ पुण्य कमाउने कोशिस गरौ कर्म बिनाको पंकज भट्टराइ र प्रिन्ज भट्टराइको जस्तो कंलक हुन सक्ने भावि दिनलाई निषेध गरौ। सम्पति र याैनको लागी बदनाम हुदै गरेको समाज लाई हामी सबैले मिलेर स्वच्छ समाज निर्माणमा लागौ । आ आफ्नो ठाउँ बाट सबैले खबरदारी गरौ ।