तनहुँ। तनहुँमा घरको छतबाट खस्दा नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ। गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
घरको छतबाट खसरे घाइते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताए।
थापा नेपाली सेनाका हवल्दार हुन्। उनी खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए। १५ दिनका लागी विदामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान चलिरहेको जनाइएको छ।