पोखरा । पोखराको सानपानी खोलामा एक जना युवक मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ । धनकुटा घर भएका ४५ वर्षीय दिपेन्द्र भन्ने पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव कास्कीको पोखरा महानगरपालिका २२ सानपानी खोलामा फेला परेको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।