पोखरा । पछिल्लो २४ घण्टामा कास्कीमा २६९ जना सहित गण्डकीमा ५४५ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकीका १२६८ जनामा गरिएको नमुना परीक्षणमा थप ५४५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।कास्कीका २६९ जना, तनहुँका ५६ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना र नवलपुरका ४३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ६७ जना, पर्वतका दुई जना, बागलुङका २४ जना र म्याग्दी जिल्लाका १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार ८८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ।
मंगलबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र कास्कीका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२०६ पुगेको निर्देशनालयले जनाएको छ।